Below Menu

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले २१.०५ प्रतिशत लाभांश दिने 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

थप समाचार