काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे २१ अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २१ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, १४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिने ट्रेजरी बिल माघ ६ गते, ९१ दिने ट्रेजरी बिल चैत १० गते, ३६४ दिने ट्रेजरी २०८३ पुस ७ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि मंसिर २८ गते १११ अर्ब ३३ रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment