Below Menu
Below Menu

आईपीओ जारी गर्न सुपर खुदी हाइड्रोपावरलाई धितोपत्र बोर्डको अनुमति 

आईपीओ जारी गर्न सुपर खुदी हाइड्रोपावरलाई धितोपत्र बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सुपर खुदी हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित शेयर जारी गर्न आइतबार स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार