सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ६१ हजार नाघ्यो 

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ६१ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ ।  गत मंसिर २० गते प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १३० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार १०५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार