Below Menu
Below Menu

कैलाश हेलीकप्टरद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव, दश करोडको आईपीओ र हकप्रद शेयर पनि जारी गर्ने 

कैलाश हेलीकप्टरद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव, दश करोडको आईपीओ र हकप्रद शेयर पनि जारी गर्ने 

काठमाडौं : कैलाश हेलीकप्टर सर्भिसेस् लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि २० प्रतिशतका दरले हुन आउने छ करोड ३० लाख रुपैयाँ बराबरको नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २८ गते, तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा लेभल ३ टिआइए कमर्सियल बिल्डिङ एयरपोर्ट काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यसका साथै सभाले लाभांश वितरणसहित कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा संस्थापक शेयर र सर्वसाधारण स्वामित्व परिवर्तन गर्ने, हकप्रद शेयर निष्कासन गर्ने र सर्वसाधारणका लागि चुक्ता पुँजी २० प्रतिशतको १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गर्नेछ । 

Advertisment

थप समाचार