Below Menu
Below Menu

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ वर्षको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ ।

कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

Advertisment

थप समाचार