Below Menu
Below Menu

सुनको मूल्यमा अकल्पनीय वृद्धि: एकैदिन ५,५०० ले बढ्दा ऐतिहासिक किर्तिमानी 

सुनको मूल्यमा अकल्पनीय वृद्धि: एकैदिन ५,५०० ले बढ्दा ऐतिहासिक किर्तिमानी 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ७ गते प्रतितोला तीन हजार चार सय रुपैयाँले बढेर दुई लाख ६१ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो  । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार २३५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र डलरको मजबुतीका कारण नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरूको विश्लेषण छ। विवाहको सिजन र लगानीका लागि सुरक्षित मानिने सुनको मूल्य यसरी बढ्दा उपभोक्ताहरूमा भने अन्योल बढेको देखिन्छ।

Advertisment