काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ८ गते प्रतितोला तीन हजार पाँच हजार पाँच सय रुपैयाँले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ४२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार २५५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment