काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिसमस डेको सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै पुस १० गते बिहिबार इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।
विभागले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
Advertisment