काठमाडौं : नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (पुस ९ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो ।
बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर निष्कासन गर्न बैंकलाई अनुमति दिएको हो । उक्त शेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटड रहेको छ ।
Advertisment