ऐतिहासिक बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

ऐतिहासिक बिन्दुबाट घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुबाट घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४२० रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार