काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ९ गते प्रतितोला नौ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५६५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ५६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र आर्थिक सूचकहरूमा आएको परिवर्तनका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरूले बताएका छन्।
Advertisment