Below Menu
Below Menu

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म पाइने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट पुस ८ गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ८६ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६३ रुपैयाँसम्म र सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक योजनामा न्युनतम प्रतिहजार ५७ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा न्युनतम प्रतिहजार ५२ रुपैयाँ र जीवन बीमा उपहार (सावधिक) योजनामा प्रतिहजार ३७ रुपैयाँसम्म बोनस बोनसदर रहेको छ ।

नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक योजनामा न्युनतम प्रतिहजार ४३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७६ रुपैयाँसम्म, सावधिक तथा आजिवन बीमा योजना न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस दिने भएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ५६ रुपैयाँ, वार्षिक नगद फिर्ता योजनामा ३९ रुपैयाँदेखि ४३ रुपैयाँसम्म र सुरक्षित भविष्य योजनामा प्रतिहजार ३० रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले सावधिक लघुजीवन बीमा र कर्पोरेट जीवनख बीमा योजनामा प्रतिहजार ४० रुपैयाँदेखि ७० रुपैयाँ र सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म र सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा ३३ रुपैयाँदेखि ४५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

नयाँ बोनसदर अनुसार वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ३८ रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन प्रतिहजार ३० रुपैयाँदेखि ४१ रुपैयाँसम्म बोनस रहेको छ ।

कम्पनीले जिवन आधार जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँ, जिवन सम्पन्न बीमा योजनामा प्रतिहजार ५३ रुपैयाँ, जिवन उत्थान बीमा योजनामा न्युनतम प्रतिहजार ४० रुपैयाँ र जिवन आवरण बीमा योजनामा ४३ रुपैयाँ बोनसदर दिने भएको छ । 

कम्पनीले बालबच्चा सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि ४१ रुपैयाँ र हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बमिा योजनामा न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम रहेको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार