Below Menu
Below Menu

निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’

निर्जीवन बीमा कम्पनीद्वारा पाँच महिनामा साढे १९ अर्बको व्यापार, सलिको र शिखर नै ‘मार्केट लिडर’

काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले मसान्तसम्म कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् ।

नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले ११ लाख ६२ हजार १९६ बीमालेख बिक्री गरी १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । कम्पनीले एक लाख सात हजार ९२० बीमालेख जारी गरी दुई अर्ब २१ करोड ९२ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म शिखर इन्स्योरेन्सले दुई अर्ब १५ करोड पाँच लाख ४८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने एनएलजी इन्स्योरेन्सले एक अर्ब ५७ करोड ८२ लाख ७९ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । 

मंसिर मसान्तसम्म हिमालयन एभरेष्टले दुई अर्ब ७० लाख १७ हजार रुपैयाँ बराबरको बीमाशृल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ८६ करोड ५४ लाख ५३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ७८ हजार ५१५ बीमालेख बिक्री गरी एक अर्ब एक करोड ७२ लाख १८ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले एक अर्ब ११ करोड ७१ लाख १३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख ९४ हजार, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख ३८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले एक अर्ब ४३ करोड ४१ लाख ४५ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । 

प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख ८९ हजार रुपैयाँ र सानिमा जिआइसीले एक अर्ब २२ करोड १४ लाख ६८ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । 

 मंसिर मसान्तसम्ममा आईजीआई प्रुडेन्सियलले एक अर्ब ६६ करोड ८४ लाख ७० हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने युनाइटेड अजोडले एक अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

लघुबीमाको व्यापार साढे ४९ करोडमाथि

चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे ४९ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक लाख ७९ हजार ५११ बीमालेख जारी गरी ४९ करोड ६० लाख पाँच हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले १३ करोड तीन लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १३ करोड २१ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १० करोड ७४ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १२ करोड ६० लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।

Advertisment

थप समाचार