सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, तोलामै दुई लाख ७० हजार नाघ्यो

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, तोलामै दुई लाख ७० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । पुस ११ गते प्रतितोला नौएक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २७० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५६५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार