Below Menu
Below Menu

उत्पादनको नजिक रहेको दाना खोला हाइड्रोमा तेह्रथुम पावरको लगानी, पोर्टफोलियो विस्तार गर्दै कम्पनी

उत्पादनको नजिक रहेको दाना खोला हाइड्रोमा तेह्रथुम पावरको लगानी, पोर्टफोलियो विस्तार गर्दै कम्पनी

काठमाडौं : तेह्रथुम पावर कम्पनी लिमिटेडले मनाङ जिल्लामा निर्माणाधीन दाना खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको पौष ११ गते बसेको ६४ औं सञ्चालक समितिको बैठकले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाको संस्थापक शेयर खरिद गर्ने निर्णय गरेको हो।

कम्पनीले मनाङ्ग जिल्लाको नासो गाऊँपालिका वार्ड २ मा निमार्णाधिन दाना खोला जलविद्युत आयोजना ४९.९५ मेगावाटको १०० मुल्य अंकित भएको एक लाख किता शेयर खरिद गर्ने निर्णय गरेको हो । 

तेह्रथुम पावर कम्पनीका अनुसार, कम्पनीको प्रबन्धपत्रको दफा ५ (ङ) र (ब) मा भएको व्यवस्था तथा आठौं वार्षिक साधारण सभाबाट प्राप्त सहमतिका आधारमा यो लगानी अगाडि बढाइएको हो। आयोजनाले विद्युत विकास विभागबाट २०८० बैशाख २१ मा उत्पादन अनुमति प्राप्त गरिसकेको छ । जुन २११५ सालसम्मका लागि वैध रहनेछ।

आयोजनाको निर्माण कार्य हाल सन्तोषजनक रूपमा अगाडि बढिरहेको र बजेटको दृष्टिकोणले समेत आयोजना तुलनात्मक रूपमा आकर्षक देखिएको कम्पनीको विश्लेषण छ।

आयोजनाले आगामी २०८४ कार्तिक ०५ गते भित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। यो लगानीसँगै कम्पनीले आफ्नो पोर्टफोलियो विस्तार गर्दै ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति अझ बलियो बनाउने विश्वास लिएको छ।

Advertisment

थप समाचार