Below Menu
Below Menu

पाँच महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार करिब ७७ अर्ब ! 

पाँच महिनामा जीवन बीमा कम्पनीहरुको व्यापार करिब ७७ अर्ब ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्षको पाँच महिनामा कम्पनीहरुले करिब ७७ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कम्पनीहरुले ७६ अर्ब ९० करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १५ लाख ३९ हजार १९५ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

प्राधिकरणका अनुसार मंसिर महिनामा मात्रै कम्पनीहरुले तीन लाख ५६ हजार २६५ बीमालेख जारी गरी १४ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । 

मंसिर मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १७ लाख ९० हजार ८५ बीमालेख बिक्री गरी २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ४५ हजार ७८८ बीमालेख जारी गरी नौ अर्ब २७ करोड दुई लाख ९६ हजार रुपैयाँको व्यापार गरेको छ भने सूर्यज्योति लाइफले चार अर्ब ४७ करोड ९१लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९३ हजार १३१ञ् बीमालेख जारी गरी आठ अर्ब १८ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले छ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ८३ हजार ४७७ बीमालेख जारी गरी पाँच अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले दुई अर्ब ६३ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले तीन अर्ब ७५ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले दुई अर्ब ४५ करोड ९४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले दुई अर्ब ८० करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

मंसिर मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले दुई अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब २३ करोड २५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

चालु आवको पाँच महिनामा सन नेपाल लाइफले एक अर्ब ६४ करोड ९९ लाख तीन हजार र प्रभु महालक्ष्मी लाइफले दुई अर्ब २२ करोड १८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार ४२ करोडमाथि 

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । मंसिर मसान्तसम्म कम्पनीहरुले २२ लाख आठ हजार ३९ बीमालेख जारी गरी ४२ करोड २६ लाख ३९ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले १४ करोड ७२ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १५ करोड ४० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २४ लाख २० हजार ६२० बीमालेख जारी गरी एक अर्ब ४४ करोड ७५ लाख ३९ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 


 

Advertisment

थप समाचार