ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदीको भाउमा नयाँ रेकर्ड

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदीको भाउमा नयाँ रेकर्ड

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ऐतिहासिक बिन्दुबाट घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार