Below Menu
Below Menu

बजारमा बढ्यो पैसाको सर्कुलेशन, सरकारी ढुकुटीमा साढे आठ खर्ब मौज्दात ! 

बजारमा बढ्यो पैसाको सर्कुलेशन, सरकारी ढुकुटीमा साढे आठ खर्ब मौज्दात ! 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बजारमा नगद प्रवाह र सरकारी ढुकुटीको मौज्दात दुवैमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा आर्थिक गतिविधि र सरकारी सञ्चितिमा सुधार देखिएको हो ।

मंसिर महिनामा बजारमा साढे सात खर्ब रुपैयाँ नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा बजारमा सात खर्ब ६५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ नगद प्रवाह भएको हो ।

उक्त रकम गत असारको तुलनामा ९०.०६ प्रतिशत अर्थात १५ अर्ब १८ करोड १७ करोड  लाख रुपैयाँले बढी हो । गत वर्ष असारसम्ममा  यस्तो नगद प्रवाह सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात आठ खर्ब ७२ अर्ब ८० करोड रुपैयाँ रहेको छ । असारमा सरकारी खातामा ६ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ मौज्दात रहेको थियो । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । 

यस अवधिमा सरकारी ढुकुटीमा सवा दुई खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा दुई खर्ब १३ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

गत असारसम्म यस्तो निक्षेप जम्मा ७० अर्ब ८३ करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो । उक्त यस अवधिमा आइपुग्दा एक खर्ब ४२ अर्ब ६० करोड १७ लाख रुपैयाँले बढेको छ । 

यस अवधिमा सरकारको सरप्लस मौज्दात ४२ अर्ब रुपैयाँ रहेको छ । मंसिर मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा आठ खर्ब ४७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ रहेको छ । गत असारसम्म रिजर्भमा छ खर्ब ७१ अर्ब दुई करोड ६३ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ४२ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व ३१ खर्ब ७९ अर्ब २९ करोड ४९ लाख रुपैयाँ रहेको छ । असारसम्ममा यस्तो दायित्व २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।
 

Advertisment

थप समाचार