सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा सात हजार नौ सय रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा सात हजार नौ सय रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात हजार नौ सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३०५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ५९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार