Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ४७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५९० रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार