Below Menu

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सम्झना अर्याल नियुक्त भएकी छन्।

पुस १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि अध्यक्ष रहेकी शिक्षा भट्टचनको राजीनामापछि उक्त पद रिक्त थियो।

त्यसैगरी, रिक्त सञ्चालक समितिको सदस्य पदमा संस्थापक सेयरधनी क्लाउड मण्डप प्रा.लि.को तर्फबाट छन बहादुर भट्टचन नियुक्त भएका छन्।

थप समाचार