काठमाडौं : सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदिश खरलले निजी क्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा दुविधा नरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्यका लागि सामुदायिक पहल विषयक राष्ट्रिय संम्वाद कार्यक्रममा यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, 'भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले निजी क्षेत्रको ८४ अर्बको क्षति भएको छ। निजी क्षेत्रका छाता संगठन महासंघ, चेम्बर र सिएनआईले व्यवसायीको मनोबल गिर्न दिनुभएन । अर्थतन्त्रमा ८० प्रतिशत योगदान दिएको यो क्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा दुविधा छैन।'
उद्योग, व्यापार र व्यवसायका लागि वातावरण: निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिवद्धतालाई सबैले आत्मसात गर्नुपर्ने उनले बताए।
व्यवसायीको सुरक्षा सबैको प्राथमिकता सबैको हुनुपर्ने बताउँदै उनले समाजउन्मुख राज्यव्यवस्था अघि बढाउन निजी क्षेत्रलाई साथमा लिएर हिँड्नुपर्ने उनले बताए।