Below Menu
Below Menu

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको हो । त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।

ग्याँसको मूल्य भने निगमले यथावत राखेको छ।

Advertisment

थप समाचार