Below Menu
Below Menu

आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान, सेवा क्षेत्रको योगदान ६२ प्रतिशत

आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान, सेवा क्षेत्रको योगदान ६२ प्रतिशत

काठमाडौं : नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

आर्थिक गतिविधि अध्ययन (एकीकृत) प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेको थियो।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेवा क्षेत्रको योगदान ६२ प्रतिशत रहने अनुमान छ। कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत र उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत रहनेछ।

प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको योगदान १५.९ प्रतिशत छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत मात्र रहेको छ।

कृषि उत्पादनमा मिश्रित अवस्था

समीक्षा वर्षमा प्रमुख कृषि बालीको उत्पादन ३.७ प्रतिशतले वृद्धि भए पनि ती बालीले ओगटेको क्षेत्रफल २.२ प्रतिशतले घटेको छ। तरकारी उत्पादन १०.१ प्रतिशतले बढेको छ भने मसला उत्पादन ०.७ प्रतिशतले वृद्धि भएको छ। तर फलफूल उत्पादन भने ३.३ प्रतिशतले घटेको छ।

पशुजन्य उत्पादनतर्फ दूध उत्पादन १ प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ भने अण्डा उत्पादन १ प्रतिशतले वृद्धि भएको छ। वनजन्य उत्पादनमा काठ र दाउराको उत्पादन बढे पनि औषधिजन्य वस्तुको उत्पादन घटेको छ।

उद्योगमा क्षमता उपयोग घट्दो

आर्थिक वर्ष २०८१/८२ मा उद्योगहरूको औसत क्षमता उपयोग ४४.५ प्रतिशत मा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये ३०.४२ प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा गएको छ।

सेवा क्षेत्र सक्रिय

नेपाल भ्रमण गर्ने पर्यटक संख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजारभन्दा बढी पुगेको छ। यद्यपि घर–भवन नक्सा पास संख्या १.२ प्रतिशतले घटेको छ भने घरजग्गा कारोबारबाट प्राप्त राजस्व १८.६ प्रतिशतले घटेको छ।

२०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ८.२ प्रतिशतले बढेको छ। कुल निक्षेप र कर्जामा बागमती प्रदेशको वर्चस्व कायम रहेको छ।

पूर्वाधार र सवारी साधन

समीक्षा वर्षमा १,२३५ किलोमिटर कालोपत्रे सडक, २८७ किलोमिटर ग्राभेल सडक र ३०१ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको छ। सवारी साधन दर्ता संख्या ३७.८ प्रतिशतले वृद्धि भएको छ।

निर्यात–आयात र रोजगारी

यस अवधिमा वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। आयात भने १३.३ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ३९ हजारभन्दा बढी पुगेको छ, जसमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी छ।

आगामी आर्थिक परिदृश्य सकारात्मक

आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहने अनुमान गरिएको छ। इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट, ब्याजदर घट्दो अवस्था, जलविद्युत् उत्पादनमा वृद्धि, पर्यटन, निर्यात र विप्रेषणमा सुधार तथा मौद्रिक सहजताका कारण आर्थिक गतिविधि थप विस्तार हुने देखिएको छ।

यस्ताे छ समग्र आर्थिक परिदृश्य

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा मधेस प्रदेशमा मनसुन ढिला भई धान खेतीलगायत समग्र वर्षे बाली प्रभावित भएकोलेकृषि उत्पादनको वृद्धिदरमा केही नकारात्मक असर परेकोछ । त्यसैगरी, २०८२ भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा रु.८४.४ अर्बकाे भौतिक संरचनामा क्षति भएको अनुमान छ ।

आन्दोलनपश्चात् बनेको नयाँ सरकारले शान्ति–सुरक्षा कायम गरेको, सुशासन र संस्थागत सुधारलाई प्राथमिकतामा राखकाे, पुनर्निर्माण कार्यलाई प्रोत्साहित गर्न सहुलियतकोव्यवस्था गरेको, आन्दोलनबाट प्रभावित व्यवसाय सञ्चालनको लागि विभिन्न प्रकारका राहत र सुविधाका व्यवस्थाहरू गरिएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दै गएको छ ।

स्थलगत सर्वेक्षणको क्रममा प्रदेशका कृषि विज्ञ, पशुपन्छी विज्ञ, मालपोत कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालय प्रमुख, डिभिजन वन प्रमुख, उद्योगीरव्यवसायी तथा अन्य सरोकारवालाहरूसँग गरिएको छलफल तथाआर्थिक परिदृश्य सम्बन्धी प्रश्नावलीमार्फत व्यक्त गरेका विचार तथा जानकारीका  आधारमा विश्लेषण गर्दा आर्थिक वर्ष २०८२/८३ मा मुलुकमा कृषि, उद्योग र सेवा क्षेत्रको गतिविधिमा अघिल्लो वर्षको तुलनामा सुधार
हुनेप्रारम्भिक अनुमान रहकाे छ ।

मूल्य स्थिति

आर्थिक वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्रमा मुद्रास्फीतिकोचाप कम हँदुैगएको, विश्वव्यापी रुपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको तथा विकसित तथा उदीयमान मुलुकहरुका केन्द्रीय बैंकले अवलम्वन गरेको सहज मौद्रिक नीतिका कारण विश्व अर्थतन्त्रको मुद्रास्फिीतिमा सुधार भएकोले नेपालको औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सहजता आउने, छिमेकी देश भारतमा समेत मुद्रास्फिति कम हुँदै जाने, आन्तरिक उत्पादनतर्फ धान लगायत वर्षेबालीको उत्पादनमा हा्रस हुने तथा आगामी निर्वाचनमा हुने खर्चको आँकलनको आधारमा चालु आर्थिक वर्षमा मुद्रास्फितिमा केही चाप पर्न गएता पनि वर्षको अन्त्यसम्ममा वार्षिक औसत उपभोक्ता मुद्रास्फीत ४ प्रतिशतको हाराहारीमा रहने अनुमान रहेको छ ।

कृषि क्षेत्र

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा मधेस प्रदेशमा मनसुन ढिला भित्रिएको, असोज महिनामा परेको पानीले धान खेतीलगायत समग्र वर्षे बाली प्रभावित भएकोले धान उत्पादन केही कम हुने देखिएको छ ।

कृषि क्षेत्र आधुनिक, उत्पादनमुखी र व्यापारिक दिशातिर बढ्दै गएको, मोबाइल एप, डिजिटल कृषि सेवा, मौसम सूचना, मल बीउ बिजन तथा प्रविधिमा सुधार भएको, सिँचाइ सुविधामा विस्तार आएको, मल तथा कृषि औजारको सहज आपूर्ति हुँदै गएको, नेपाल सरकारले कृषिमा आयात न्यूनीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याएको, प्रदेश सरकारहरुले समेत कृषिलाई प्राथमिकतामा राखेकाले अन्य बालीको उत्पादन आर्थिक वर्ष २०८२/८३ मा वृद्धि हुने अनुमान गरिएको छ ।

साथै, विभिन्न जिल्लाहरुमा राष्ट्रिय कृषि आधुिनकीकरण परियोजनाको ब्लक, पकेट, जोन एवं सुपरजोन विकास कार्यक्रम सञ्चालनमा आएको, उन्नत तथा हाईब्रिड जातको तरकारीको बीउ बिजनको प्रयोग बढ्दै गएको, आधुनिक प्रविधिको प्रयोग र सिँचाइ सुविधामा वृद्धि लगायतका कारणहरुले तरकारी उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ ।

औद्योगिक क्षेत्र

२०८२ भदौ २३ र २४ मा जेन्जी आन्दोलनको क्रममा निजी क्षेत्रमा भएको क्षतिका वावजुद ततपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र यस बैंकले अवलम्बन गरेको मौद्रिक सहजताले औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान रहेको छ । प्राविधिक विकास, बैंकिङ क्षेत्रमा थपिएको तरलता, घट्दो व्याजदर, अन्तर्राष्ट्रिय रुपमा भएको तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा स्थिरता लगायतका कारण हाल उद्योग सञ्चालनमा सकारात्मक प्रभाव परेको छ ।

साथै,सरकारले उत्पादनमूलक उद्योगका लागि लिएको नीतिगत व्यवस्था, उद्योगहरुमा निरन्तर विद्युत आपूर्ति, जुत्ता,मिनिरल वाटर, सिमेन्ट लगायतका उत्पादनको निर्यातमा नगद अनुदान तथा वदैेशिक लगानी प्रतिवद्घता, अन्तर्राष्ट्रिय बजारमा केही नेपाली उत्पादनको माग बढ्नु लगायतका कारणले उद्योग क्षेत्र क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ ।

सेवा क्षेत्र

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएकोले विप्रेषण आप्रवाह पनि उत्साहजनक रहेकाे छ । यस आर्थिक वर्षको भदौ महिनामा विदेशी पर्यटक आगमन न्यून भए तापनि त्यसपछिका महिनाहरूमा सुधार हुदैगएकोलेपर्यटकीय आयमा वृिद्ध हुनुको साथै अर्थतन्त्र थप चलायमान हुन सघाउ पुग्ने देखिन्छ ।

यस अवधिमा क्षतिको पुर्ननिर्माणले तीव्रता लिने र निर्वाचनको कारण यातायात, होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार भई आयात बढ्न सघाउ पुग्ने अनुमान रहेको छ । साथै, बैंकिङ क्षेत्रले सरल ब्याजदरमा लगानी योग्य रकम उपलब्ध गराएका कारण होटल क्षेत्रमा लगानी वृिद्ध हुँदैगएको, आन्तरिक तथा बाह्य पर्यटनमा सुधार भई आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुदै गएको, डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको, खुद्रा तथा थोक व्यापार विस्तार भएकाले सेवा क्षेत्रमा सुधार आउने देखिन्छ ।

पूर्वाधार क्षेत्र

सडक तथा पुल पूर्वाधारअन्तर्गत प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग, सहरी तथा स्थानीय सडक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्य भइरहेको, निजी तथा सरकारी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन निर्माण, सुरुङमार्ग निर्माणजस्ता केही महत्वपूर्ण पूर्वाधार आयोजनाहरूको कामले गति लिएको छ ।

त्यसैगरी, हुलाकी लोकमार्ग, कोशी करिडोर, कालीगण्डकी करिडोर, कर्णाली करिडोरहरुको भौतिक प्रगति १०० प्रतिशत भएको, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरु २०८२र८३ मा निर्माणमा तिव्रता आई निर्माण सम्पन्न हुने अनुमान रहेको छ ।

साथै, सूचना प्रविधिको पहुँचमा तीब्र विकास हँदुैगएको, राष्ट्रिय एवम् प्रादेशिक गौरवका आयोजनाहरुको निमार्ण कार्य तिव्र गतिमा हुनेआँकलनका आधारमा समग्रमा पूर्वाधार क्षेत्रकोविस्तार सकारात्मक हुने देखिन्छ । जलवायु परिवर्तनका कारण मौसमी विपत्तीका कारण बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण भौतिक पूर्वाधारमा पुग्ने क्षतिले पूर्वाधार क्षेत्रमा केही नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

बाह्य क्षेत्र

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या तुलनात्मकरुपमा वृद्धि हुँदै गएको, आन्दोलनको क्रममा केही होटलहरुमा क्षति पुगेको भएता पनि पर्यटकहरुको आकर्षणमा नेपाल परेकोले बाह्य पर्यटकको आगमनमा भएको वृद्धिले पर्यटन आयमा भएको वृद्धिका कारण चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चितिमा सुधारको अवस्था कायमै रहेकोले बाह्य क्षेत्र सहज अवस्थामा रहेको छ । निर्यात व्यापारमा सुधार भएतापनि आयातमा भएको वृद्धिले व्यापार घाटा थप फराकिलो हुने अनुमान गर्न सकिन्छ ।

यद्यपि, सार्वजनिक खर्च व्यवस्थापनमा मितव्ययिता अपनाइएमा दीर्घकालिन रुपमा वाह्य क्षेत्रको सन्तुलन कायम हुने र विदेशी विनिमय सञ्चिति व्यवस्थापनमा सहजता आउने आँकलन गर्न सकिन्छ । समग्रमा, विप्रेषण आप्रवाह र वैदेशिक व्यापारको पछिल्लो प्रवृतिलाई हेर्दा आगामी वर्ष बाह्य क्षेत्र थप सुविभाजनक अवस्थामा रहने देखिन्छ । 

Advertisment

थप समाचार