काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये एक अर्ब रुपैयाँ बराबरको एक करोड कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै सामूहिक लगानी कोषहरुका लागि पाँच कित्ता कित्ता र कर्मचारीहरुका लागि तीन लाख शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा माघ ४ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा माघ १४ गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
Advertisment