काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ६८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment