Below Menu
Below Menu

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति 

सिद्धार्थ बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ‘एस बि एल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको छ। बोर्डले आज (पुस २१ गते) बैंकलाई शेयर जारी गर्न स्वीकृति दिएको हो । 

बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा (परिपत्र विधिबाट बिक्री हुने) कुल तीन अर्ब ५० करोड रुपैयाँ बराबरको तीन करोड ५० लाख कित्ता शेयर निष्कासन गर्न बैंकलाई अनुमति दिएको हो । उक्त शेयरको लाभांश दर ८.२५ प्रतिशत रहेको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटड रहेको छ । हालसम्म बोर्डले तीन वाणिज्य बैंकसहित चार बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति दिएको छ । 

जसमा वाणिज्य बैंकतर्फ नबिल बैंक, एनएमबि र सिद्धार्थ बैंक रहेका छन् भने विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएका छन् ।

Advertisment

थप समाचार