सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढ्यो 

सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १९५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ८८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ६८५ रूपैयाँमा कारोबार भएको थियो।

थप समाचार