काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनमा समेत आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालन हुने जनाएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै राजस्व संकलनलाई सहज बनाउन पुस २६ गते शनिबार तथा पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा परेको सार्वजनिक बिदाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु राखिने जानकारी दिएको हो।
सूचनाअनुसार ती दिनहरूमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म आरटीजीएस प्रणालीमार्फत कारोबार गर्न सकिनेछ। यसबाट सरकारी राजस्व भुक्तानी तथा ठूला रकमका बैंकिङ कारोबार सहज हुने राष्ट्र बैंकले जनाएको छ।
Advertisment