Below Menu
Below Menu

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले उक्त प्रयोजनको औपचारिक घोषणा गरेको हो ।

उक्त (गेन) परियोजना सार्वजनिक गर्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारू मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने बताए । उनले नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने उद्देश्यका लागि सीप विकास र नीतिगत स्पष्टता अपरिहार्य भएको बताए ।

उनले भने, ‘नेपालमै बसेर विश्वका विभिन्न देशका संस्थालाई लेखा सेवा दिन सकिने वातावरण बनाउनुपर्छ । नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने उद्देश्यका लागि सीप विकास र नीतिगत स्पष्टता अपरिहार्य छ ।’

यसैगरी ग्लोबल अकाउन्टिङ इनिसिएटिभ नेपाल परियोजनाको औपचारिक घोषणा कार्यक्रममा बोल्दै नियमन, अनुगमन तथा अनुशासनात्मक अनुसन्धान विभागका उप–निर्देशक सन्तोष बिष्टले यो परियोजनाले बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपेली संघलगायत सम्भावित बजार लक्षित डिजिटल प्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्यमार्फत अवसर विस्तार गर्ने योजना बनाएको बताए । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा अहिले ९ हजार ७ सय ४५ जना सदस्य रहेको र त्यसमा २५ सय प्लस सिए मेम्बर रहेको बताए ।

उनले भने, ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा अहिले हामीसँग ९ हजार ७ सय ४५ जना सदस्य हुनुहुन्छ । २५ सय प्लस सिए मेम्बर हुनुहुन्छ । विद्यार्थीको कुरा गर्दा विभिन्न तहका लगभग १५ हजार हाराहारीमा विद्यार्थीहरु छन् । परियोजनाले बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपेली संघलगायत सम्भावित बजार लक्षित डिजिटल प्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्यमार्फत अवसर विस्तार गर्ने योजना बनाएको छ ।’

Advertisment

थप समाचार