Below Menu
Below Menu

सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य दुई हजार रुपैयाँले घट्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९३५ रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार