Below Menu
Below Menu

विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमाः ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने

विश्वप्रसिद्ध होटल चेन म्यारियट अब लुम्बिनीमाः ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’का रुपमा विकसित हुने

काठमाडौं : विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ ।

सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्ड नाममा स्तरोन्नति भइ संचालन हुने सम्झौतापछिको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो उपस्थिति हो ।

रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स्पा’ को पनि अवधारणा ल्याइने उल्लेख गरिएको छ ।

रिसोर्ट नेपालकै पहिलो ‘अर्गानिक फाइभ–स्टार वेलनेस लक्जरी रिसोर्ट’ हुनेछ, जसले प्राकृतिक चिकित्सा (नेचुरोथेरापी) र दिगो स्वास्थ्यलाई प्रवद्र्धन गर्नेछ । रिसोर्टले वातावरण संरक्षण, ऊर्जा बचत र दिगो विकासका अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको गरिमालाई सम्मान गर्दै रिसोर्ट परिसरमा ‘बुद्ध थिम पार्क’ निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ । साथै स्पोर्ट टुरिजमलाई पनि प्राथमिकता दिइनेछ ।

रिसोर्टले अन्तर्राष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न विजयनान्मारन सन्मुगमलाई सञ्चालन तथा सम्पत्ति विकास उपाध्यक्षमा नियुक्त समेत गरिएको छ ।

सम्झौता कार्यक्रममा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डे र प्रबन्ध निर्देशक रोशन कुमार न्यौपानेको उपस्थिति थियो । साथै, म्यारियट इन्टरनेशनलका तर्फबाट एशिया प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत नीरज गोविन्द लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

रिसोर्टले चालू आर्थिक वर्षको अन्त्यसम्ममा आधिकारिक पाँचतारे इजाजतपत्र प्राप्त गर्ने लक्ष्य राखेको छ ।

Advertisment

थप समाचार