Below Menu
Below Menu

सुनको मूल्य दुई हजार एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउमा गिरावट

सुनको मूल्य दुई हजार एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउमा गिरावट

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ७८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ८३५ रूपैयाँमा कारोबार भएको थियो।

Advertisment

थप समाचार