Below Menu
Below Menu

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

सालपा विकास बैंकको आईपीओ बाँडफाँट

काठमाडौं : सालपा विकास बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म निष्कासन गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा शुक्रबार बाँडफाँट भएको हो । 

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको थियो । 

उक्त आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना लगानीकर्ताबाट दुई करोड ५९ लाख ३४ हजार ९३० कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये २२ लाख ६५ हजार ९५५ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन प्राविधिक कारणले रद्द गरिएको बैंकले जनाएको छ।

निष्कासनभन्दा धेरै आवेदन परेपछि बैंकले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरेको हो। बाँडफाँट अनुसार एक लाख ४३ हजार ९१७ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

त्यसपछि बाँकी रहेको ९ कित्ता शेयर सोही लगानीकर्तामध्येबाट पुनः गोलाप्रथामार्फत बाँडफाँट गरिएको थियो। यस क्रममा ९ जना भाग्यशाली आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्दै कुल ११ कित्ताका दरले शेयर हात पारेका छन्।

Advertisment

थप समाचार