Below Menu
Below Menu

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ? 

काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको बोनसदर नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते स्वीकृत भएको हो ।

नयाँ बोनसदरअनुसार ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितले बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।

‘सावधिक जीवन बीमालेख’का बिमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६२ रुपियाँसम्म,  ‘बालबालिकाको सावधिक जीवन बीमालेख’मा योजनामा न्यूनतम ४२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर दिने घोषणा कम्पनीले गरेको छ।

सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखका बिमितले प्रतिवर्ष न्यूनतम ४४ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म प्रतिहजारका दरले बोनस निर्धारण गरिएको छ।

त्यस्तै ‘अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख’मा बीमा अवधिअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर दिने कम्पनीले जनाएको छ । 

त्यसैगरी कम्पनीले एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी बीमालेखमा रिभर्सनी बोनस ३८ रुपैयाँदेखि ६० रुपैयाँसम्म र टर्मिनल बोनस सबै बीमा अवधिमा समान ६ रुपैयाँ दिने घोषणा गरेको छ । 

Advertisment

थप समाचार