Below Menu
Below Menu

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, पाँच महिनामा भित्रियाे साढे आठ खर्ब 

रेमिट्यान्स आप्रवाह ३५ प्रतिशतले बढ्यो, पाँच महिनामा भित्रियाे साढे आठ खर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे आठ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकका अनुसार मंसिर मसान्त्सम्म विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।

चालु आवको मङ्सिर महिनामा विप्रेषण आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) नौ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय सात खर्ब अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६३ हजार ९२४ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९० हजार ३८४ र एक लाख ३५ हजार ४२५ रहेको थियो ।
 

Advertisment

थप समाचार