Below Menu
Below Menu

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक: अर्थमन्त्री खनाल

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक: अर्थमन्त्री खनाल

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् ।

Sponsored Advertisement

शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ सबैका लागि नयाँ प्रकारको तथ्याङ्क भएको उल्लेख गर्दै यो केही समयदेखि पेन्डिङमा रहेको बताए । उनले आवश्यक तथ्याङ्कको अभावमा प्रभावकारी नीति निर्माण गर्न कठिन हुने भन्दै तथ्याङ्क उत्पादनमा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

‘यस्ता राष्ट्रिय महत्वका नीति निर्माणका लागि आवश्यक तथ्याङ्क हामी आफैं आत्मनिर्भर भएर नेपालमै तयार गर्नुपर्छ,’ उनले भने । यसअघि राष्ट्रिय आर्थिक तथ्याङ्क जापान सरकारको सहयोगमा तयार गरिएको स्मरण गर्दै उनले अब स्वदेशमै क्षमता विकास गरेर तथ्याङ्क उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘नेशनल ट्रान्सफर एकाउण्ट’ हामी सबैको लागि नयाँ तथ्यांक हो । यो केही समयदेखि पेन्डिङमा रहेछ । तथ्यांक भयो भने असल नीतिहरु निर्माण गर्न सक्दैनौं । क्षमता विकास गर्नको निम्ति राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्व भूमिका खेल्नेछ । यस्ता किसिमका राष्ट्रिय महत्वका नीति निर्माण गर्नुपर्ने आवश्यक तथ्यांकहरु हामी आफैं आत्मनिर्भर भएर नेपालमै निर्माण गर्नुपर्छ भन्ने क्रममा राष्ट्रिय आर्थिक तथ्याङ्क यो भन्दा अगाडि जापान सरकारको सहयोगमा गरिएको रहेछ ।’

अर्थमन्त्री खनालले विकास योजनाको कार्यान्वयन र नीतिगत सुधारका लागि आवश्यक तथ्याङ्क तयार गर्ने सामथ्र्य राष्ट्रिय तथ्याङ्क कार्यालयले बढाउँदै लैजानुपर्ने बताए । साथै, कार्यालयको क्षमता विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं प्रतिबद्ध रहने पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘हामीले सम्पन्न गर्नुपर्ने र नीतिगत सुधार गर्नुपर्ने विकास योजनाका निम्ती तयार गर्नुपर्ने तथ्यांकहरु तयार गर्ने सामथ्र्य निर्माण गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले जानुपर्छ । यहाँहरुको सामथ्र्य विकास गर्नको निम्ती आवश्यक पर्ने स्रोतको निम्ती हामी सधैं प्रतिबद्ध छौं ।’

थप समाचार