अब लघुवित्तहरुले पाँच लाखभन्दा माथिको कारोबार चेकमार्फत मात्र गर्नुपर्ने

अब लघुवित्तहरुले पाँच लाखभन्दा माथिको कारोबार चेकमार्फत मात्र गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन, परिमार्जन तथा थप गरेको छ । संशोधित निर्देशन २०८२ माघ १ गतेदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

Sponsored Advertisement

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको यस निर्देशनअनुसार, लघुवित्त वित्तीय संस्थाहरुले चेकमार्फत कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को उद्देश्यलाई सहयोग पुग्ने व्यवस्था अवलम्बन गर्नुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार, लघुवित्त वित्तीय संस्थाहरुले ५ लाख वा सोभन्दा बढीको कुनै पनि भुक्तानी अनिवार्य रूपमा एकाउन्टपेयी चेकमार्फत मात्र गर्नुपर्ने छ । यसले वित्तीय कारोबारलाई पारदर्शी बनाउनुका साथै अवैध आर्थिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले लिएको छ ।

राष्ट्र बैंकले सबै सम्बन्धित लघुवित्त वित्तीय संस्थाहरुलाई संशोधित निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

थप समाचार