काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला चार हजार ९९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ७८०रूपैयाँमा कारोबार भएको थियो।
Advertisment