सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ७४ हजार नाघ्यो 

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ७४ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस २७ गते आइतबार प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार हजार एक सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार १९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ९९० रूपैयाँमा कारोबार भएको थियो

थप समाचार