Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, छ अर्ब ९९ करोडको कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, छ अर्ब ९९ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५.५४ अंकले घटेर २६३५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा छ अर्ब ९९ करोड चार लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज राधी विद्युत कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५४ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.०९ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार