Below Menu
Below Menu

सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ७८ हजारमा कारोबार  

सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ७८ हजारमा कारोबार  

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । पुस २९ गते मंगलबार प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर दुई लाख ७६ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३१५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ६५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ३४० रूपैयाँमा कारोबार भएको थियो

Advertisment

थप समाचार