Below Menu
Below Menu

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा ११ बैंकहरुको ब्याजदर घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने आठ बैंकहरुले ब्याजदर यथावत राखेका छन् । प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएको छ । 

माघका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ४.६८ प्रतिशत रहेको छ । पुसमा यस्तो ब्याजदर औषत ४.८३ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.१४ बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ पुसका लागि ३.४४ प्रतिशत रहेका बैंकहरुको ब्याजदर घटेर ३.३८ प्रतिशत विन्दुमा झरेको छ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.०६ प्रतिशत बिन्दुले घटेको हो । संस्थापक तर्फ चार वटा बैंकहरुको ब्याजदर घटेको छ भने १६ वटाको यथावत रहेको छ । 

पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा हिमालयन, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी, एभरेष्ट, कृषि विकास, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । जसमध्ये हिमालयन बैंक, सिद्धार्थ, एभरेष्ट बैंकको व्यक्तिगत र संस्थागत दुवै तर्फको ब्याजदर घटेको हो । 

माघका लागि लागि ग्लोबल आईएमई, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि प्रभु र नबिल बैंकले पुस महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । 

कुन बैंकले कति दिँदैछन् ब्याजदर  ?

Advertisment

थप समाचार