Below Menu
Below Menu

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले आ. व. २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आ. व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८औं वार्षिक साधारण सभामा आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट गरेका थिए।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।
 

Advertisment

थप समाचार