काठमाडौं : मन्जुश्री फाईनान्स लिमिटेडले ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। ग्राहकले मन्जुश्री मोबाइल बैंकिङ एपमार्फत फोनपेको कुनै पनि मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
आफ्नो मोबाइलमै हुने, आफूले चलाएको रकमको विवरण तुरुन्तै हेर्न मिल्ने तथा न्युनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म विना ब्याज क्रेडिट कार्ड सीमासम्मको सुविधा उपभोग गर्न मिल्ने व्यवस्था कार्डमा रहेको बताइएको छ ।
यो कार्डमा आफ्नो क्रेडिट कार्ड सीमासम्मको रकम सहजै चलाउन मिल्ने तथा क्यूआर गरी सजिलै भुक्तानी गर्न मिल्ने जस्ता सुविधा छन् । यो कार्डले ग्राहकलाई थप वित्तीय सेवा दिने विश्वास कम्पनीकोे छ ।
हालसम्म करिब २४ अर्ब निक्षेप संकलन तथा २०.५ अर्ब कर्जा प्रबाह गरेको यस मन्जुश्री फाईनान्सले २७ वटा शाखाको साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।
Advertisment