सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १६० रुपैयाँले बढेको हो ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ६४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ४८५ रूपैयाँमा कारोबार भएको थियो । 

थप समाचार