Below Menu
Below Menu

ट्रेजरीमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले १० अर्ब रुपैयाँ बराबरको २८ दिने ट्रेजरी बिल जारी गर्न गर्न लागेको हो भने पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन ५ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले माघ ४ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि पुस २१ गते १० अर्ब करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार