प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ घट्यो 

प्रतितोला छ सय रुपैयाँले बढ्यो सुन, चाँदीको भाउ घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच हजार ६२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार ६४५  रूपैयाँमा कारोबार भएको थियो । 

थप समाचार