काठमाडौं : नेपाल राष्ट्र बैंकले सोनम ल्होसारको सार्वजनिक बिदाका दिनमा आरटीजीएस (रियल टाइम ग्रॉस सेटलमेन्ट) प्रणाली सुचारु रहने जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै माघ ५ गते सोमबार तामाङहरुको पर्व सोनम ल्होसारको बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।
विभागले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
Advertisment